१,८०० ले घट्यो सुनको मूल्य

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार आठ सयले घटेर रु. ९७ हजार एक सयमा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार नाै सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले घटेर रु. एक हजार दुई सय ४५ कायम रहेको महासंघले जनाएको छ। रासस

सुझावित समाचार