सरकारलाई एमाले सचेतक भट्टराईको प्रश्न- खासाको मल किसानको घरमा कहिले आइपुग्छ ?

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण
सरकारलाई एमाले सचेतक भट्टराईको प्रश्न- खासाको मल किसानको घरमा कहिले आइपुग्छ ?

तस्बिर : अमुल थापा

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खासामा भएको मल किसानका घरमा कहिले पुग्छ ? भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक भट्टराईले नेपालका लागि चार लाख मेट्रिक टन मल चाहिनेमा खासामा आइपुगेको भनिएको सात हजार मल मेट्रिक टन मल काठमाडौं समेत आउन नसक्नु दुर्भाग्य भएको उल्लेख गरे ।

उनले केहि दिनपछि मल आउँछ भन्नेले कुन दिन, कुन मूल्य र कहाँबाट मल ल्याउने भन्ने विषयमा स्पष्ट पार्न समेत  आग्रह गरे । मकैको लागि समय गुज्रिसकेको र धानको लागि पनि म्याग गुज्रिन लागिसकेकाले उनले तुरुन्तै मलको व्यवस्था गर्न आग्रह गरे ।  सरकार किसान रुहाउन बनेको हो ? भनेर समेत प्रश्न गरे । 
 

सुझावित समाचार