तरलता सहजताका लागि आवश्यक नीतिगत सुधार गरिने : अर्थमन्त्री शर्मा

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण
तरलता सहजताका लागि आवश्यक नीतिगत सुधार गरिने : अर्थमन्त्री शर्मा

फाइल फाेटाे ।

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलता अभावलाई कम गर्दै लगिने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित आइएमई लिमिटेडको २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै उनले नीतिगत रूपमा पनि आवश्यक सुधार गरिने बताए। नीतिगत सुधार गर्दा व्यवसायीहरूको मागलाई पनि ध्यान दिइने उनले स्पष्ट पारे।

‘जहाँसम्म तरलताको कुरा छ, तरलताका कुराहरूमा केही नीतिगत कुराहरूले पनि काम गरेका छन्। तिनलाई हामी अब आउने मनिटरिङ पोलिसीले सुधार गर्नुपर्नेछ। राष्ट्र बैंकका प्रतिनिधि पनि यहाँ हुनुहुन्छ। व्यवसायीहरूले भनेका कुरा पनि उहाँले सुन्नुभएको छ। मनिटरिङ पोलिसीमार्फत सुधार गर्न सम्भव भएकाहरू सुधार गरिनेछ।’

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताए। व्यापार घाटा सन्तुलनमा ल्याउन उत्पादनमा आधारित कामलाई अगाडि बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्नेमा उनको जोड छ।

सुझावित समाचार