नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले  कुवेतसँग प्रतिस्पर्धा गर्दै छ। आयोजकसमेत रहेको कुवेतविरुद्ध नेपाल आज प्रतिस्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ। यसअघि बलियो टोली जोर्डनबिरुद्ध २–० को पराजय भोगेको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ। त्यसका लागि शनिबार अन्तिम अभ्यास गरेको छ।

आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा कुवेतलाई इन्डाेनेसियाले हराएको थियो। छनोटको समूह एमा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ। कुवेत पनि अंकविहीन रहँदै तेस्रो स्थानमा रहेको छ। जोर्डन शीर्ष र इन्डाेनेसिया दोस्रो स्थानमा रहेको छ।

छनोटअन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डाेनेसियासँग खेल्नेछ। समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउनेछन् । यस्तै, उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।

सुझावित समाचार