११ बुँदे माग राख्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता–कार्यकर्ताको रिहाइसहित विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेताले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

नागरिकताविहीनहरूको समस्या समाधान गर्नुपर्ने, रेशम चौधरीसहित पार्टीका नेता–कार्यकर्तामाथिको मुद्दा फिर्ता लिई रिहाइ गर्नुपर्ने, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा गरिएका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै लोसपाले ज्ञापनपत्र बुझाएको हो।

सुझावित समाचार