सिजिकर्प ग्लोबलले इजिप्टको बेनिसफमा वाइवाई चाउचाउको उद्योग सञ्चालनमा ल्याउने भएको छ । इजिप्टस्थित नेपाली दूतावासका चार्ज डी अफेयर्स दीपक घिमिरे र सिजिकर्प ग्लोबलका वरिष्ठ अधिकारीहरूले बिहीबार वाइवाई प्लान्टको शिलान्यास गरे ।
सिजिकर्प ग्लोबलले विश्वव्यापी रूपमा वाइवाईको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा पनि लगानी गर्दैै आइरहेको छ । सिजी एसियाको एक द्रुततर गतिमा व्यवसाय फैलाउने कम्पनीमा पर्छ ।
अन्तर्राष्ट्रिय बजारमा फैलिँदै गइरहेको वाइवाई नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट उत्पादन हुँदै आइरहेको सिजिकर्प ग्लोबलले जनाएको छ । विश्व नुडल्स बजारमा वाइवाईको हिस्सा ३ प्रतिशत पुगिसकेको छ ।