नेपाल दाना उद्योग संघमा पुरी

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल दाना उद्योग संघको अध्यक्षमा रविन पुरी चुनिएका छन् । संघको २१औँ साधारणसभाले पुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । दुई वर्षका लागि चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीपकुमार रुंगटा र तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली चुनिएका छन् । 

त्यस्तै, केशवराज थापा महासचिव, उमेशचन्द्र सापकोटा कोषाध्यक्ष र राजकुमार पराजुली सचिवमा चुनिएको संघले जनाएको छ । सदस्यमा चुनिनेहरूमा देवीप्रसाद गौतम, नितेश गुप्ता, नारायणप्रसाद फुँयाल, आनन्दकुमार बगडिया, विनोद पोखरेल, सुरेन्द्रराज प्रधान, विनोदचन्द्र केसी, विनोद भण्डारी, राजकुमार बन्जारा र गोपाल टन्डन रहेको जनाइएको छ । 

साधारणसभामा कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल लिने आश्वासन दिएका थिए । उनले समयसापेक्ष कृषि नीति बनाउन पहल गरिरहेको र नेपाल दाना, कुखुरा र अन्डा उत्पादनमा आत्मनिर्भर भएको बताए । 

सुझावित समाचार