प्रतिनिधिसभा बैठक ११ बजे, राष्ट्रिय सभा १ बजे

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ ।

बैठकमा जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेटबारे छलफल हुनेछ । बजेटमाथि मंगलबार पनि सांसदहरूले आफ्नो धारणा राखेका छन् ।

मंगलबार सांसदहरूले बोल्ने क्रम नसकिएकाले त्यसलाई आज पनि निरन्तरता दिइएको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

सुझावित समाचार