राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८१औँ पटक रक्तदान

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ८१औँ पटक रक्तदान गरेका छन्। आज पुरानो बानेश्वरस्थित तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेका लिङ्देनले ८१औँ पटक रक्तदान गरेका हुन्।

समारोहमा बोल्दै अध्यक्ष लिङ्देनले जीवनका आनन्ददायक क्षणमध्ये एक रक्तदान गर्दाका क्षण हुने गरेको बताए। ‘रगत दान गरेर कसैको जीवन बचाउने कुराले मलाई आनन्द मात्र बनाउँदैन, भावुक पनि बनाउँछ,’ लिङ्देनले भने, ‘जहाँ रक्तदान कार्यक्रम हुँदै छ भन्ने थाहा पाउँछु समय मिलेसम्म र अघिल्लो रक्तदानको अवधि पुगेमा त्यहाँ पुगेर रक्तदान गर्ने गरेको छु।’

सुझावित समाचार