आर्थिक सर्वेक्षण २०७८/०७९ राष्ट्रिय सभामा पेस

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण
आर्थिक सर्वेक्षण २०७८/०७९ राष्ट्रिय सभामा पेस

फाइल फाेटाे ।

सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेस गरेको छ। आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेस गरेका हुन्।

यसअघि बैठकले सांसदहरू अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, मदनकुमारी साह गरिमा,  प्रमिला कुमारी र शेखरकुमार सिंह रहेका राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको थियाे। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गरेका सांसदहरूको नामावलीमा बैठकले सहमति जनाएको हो।

सुझावित समाचार