बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार पुगेको छ। अघिल्लो दिन प्रतितोला रु. ९७ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु. दुई सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार पाँच सय छ। उक्त सुन अघिल्लो दिन प्रतितोला रु. ९७ हजार तीन सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार दुई सय ८० पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ५३ डलरआसपास कारोबार भइरहेको छ।

सुझावित समाचार