आमाको किरियामा रहेका जिल्लाको खत्याड गाउँपालिका -८ सुकाढिकका ३ दाजुभाइले मतदान गरेका छन्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टाको पैदल यात्रा गरेर मतदान केन्द्र आएका हुन्।
उनीहरूले खत्याड गाउँपालिका-८ आमगाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न्। किरिया बस्ने दाजुभाइमा खत्याड गाउँपालिका-८ सुकाढिक गाउँका ५६ वार्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतीर मतदान गरेका थिए।
जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन्। ५ वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नुपर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न यहाँ आएको कविराजले बताए।
आमाको आजको कामलाई २/३ घन्टा थाती राखेर पनि हामी ३ भाइ मतदान गर्न पुगेको माइला भाइ वीरबहादुर कार्कीले बताए। हाम्रो ३ मतले कतै राम्रो मान्छेको हार हुन्न सक्छ, तेसैले किरियाको कामलाई थाती राखेर भए पनि मतदान गर्न पुगेको कविराज कार्कीको भनाइ छ।