जोगबनी नाका सिल

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय पालिकाहरुको ३० बैसाखमा हुने निर्वाचनका लागि नेपाल -भारत सिमा क्षेत्रको विराटनगर - जोगबनी नाका सिल भएको छ । गृहमन्त्रालयको  निर्देशन अनुसार मोरङ प्रशासनले मंगलबार राती १२ बजेदेखी प्रदेश १ को मुख्य विराटनगर जोगबनी नाका सिल गरेर पुर्ण रुपमा बन्द  गराएको हो ।

 सिल भएको नाका निर्वाचन सम्पन्न भएपछि ३० बैसाख राती १२ बजेपछि मात्र खुल्ला हुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । प्रजिअ दहालका अनुसार मुख्य नाका जोगबनीमा मात्र नभएर साना नाका र खुल्ला सिमानाबाट पनि आवतजावत ३० बैशाखसम्मका लागि पुर्ण रुपमा बन्द गरिएको छ । 
निर्वाचन सुरक्षाका लागि नाका बन्द गराउन भारतीय सिमा सुरक्षा बल  (एसएसबी) ले पनि पुर्ण रुपमा सहयोग गरेको छ ।

सिकिस्त उपचार र अन्य अत्यावश्यक काम बाहेक कसैले पनि  नाका बन्द रहेको अवस्थामा नेपाल –भारत आवतजावत गर्न पाउँदैन ।  निर्वाचन सुरक्षाका लागि नाका मात्र नभएर बोर्डर सिल गर्न मोरङ प्रशासनले भारतका सुरक्षा अधिकारीहरुसँग पनि समन्वय बैठक गरेको थियो । 
 

सुझावित समाचार