नेपाल र दाहाललाई वरिष्ठ पत्रकारको सम्मान

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण
नेपाल र दाहाललाई वरिष्ठ पत्रकारको सम्मान

राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७ बाट पुरस्कृत हुँदै नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डे ।

नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७ हस्तान्तरण

०७८ को वरिष्ठ पत्रकार सम्मानबाट पत्रकारद्वय किशोर नेपाल र तारानाथ दाहाल सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवस– २०७९ का अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सम्मान गरेकी हुन् । 

यसैबीच, राष्ट्रपति भण्डारीले नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७ हस्तान्तरण गरेकी छिन् । कोरोना महामारीका कारण यो पुरस्कार एक वर्षपछि 
हस्तान्तरण गरिएको हो । पुरस्कार राशि एक लाख रुपैयाँको छ । साथै, ६ जना पत्रकारले राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७८ प्राप्त गरेका छन् । 

यस्तै, चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । चलचित्र पत्रकार संघले ०७७ सालको चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई, चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

See More On

सुझावित समाचार