सबैखाले दम्भको एउटा पूर्ण प्याकेज भनेकै ओली प्रवृत्ति : प्रदीप पौडेल

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले ‘ओली प्रवृत्ति’लाई ‘सबैखाले दम्भ’को एउटा पूर्ण प्याकेजको संज्ञा दिएका छन् ।  ‘ओली प्रवृत्ति’ले आफूइतरका कुनै पनि मतलाई पचाउन नसक्ने र विभेदकारी तथा उत्पीडनकारी अभिव्यक्ति दिँदा पनि कसैप्रति जवाफदेहिता नदेखाउने नेता पौडेलको भनाइ छ । 

‘सीमान्तकृत वर्ग, सम्प्रदाय र लिंगमाथि विभेदकारी तथा उत्पीडनकारी अभिव्यक्ति दिँदा पनि यो अहंधारी प्रवृत्तिले कसैप्रति कुनै जवाफदेहिता देखाउँदैन । रत्तिभर आत्मग्लानि महसुस पनि गर्दैन,’ पौडेलको भनाइ छ । एमालेका तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार केशव स्थापितले सार्वजनिक मञ्चहरूबाट नै महिलाद्वेषी अभिव्यक्ति दिइरहेका भन्दै त्यस्तो प्रवृत्तिलाई निर्वाचनमार्फत जनताले दण्डित गर्नुपर्ने उनको  धारणा छ ।  

सुझावित समाचार