१९औँ एसियाड छनोट मिनु र रिता फाइनलमा

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत छनोट खेलमा बिहीबार महिला ५१ केजी तौल समूहमा नेपाल आर्मी ‘ए’की मिनु गुरुङले वाकओभरका आधारमा फाइनल स्थान पक्का गरेकी छिन् । उनले नेपाल आर्मी ‘बी’की ललिता महर्जनबाट वाकओभर पाएकी हुन् ।

सोही तौल समूहमा नेपाल प्रहरीकी रिता धरलालाई एबिडीका आधारमा बागमती प्रदेशकी सुष्मा तामाङले पराजित गरेकी छिन् । ५७ केजी तौल समूहमा बागमतीकी हेमा राई नेपाल आर्मीकी खेलाडी चन्द्रकला थापामगरबाट वाकओभर पाएपछि फाइनलमा प्रवेश गरिन् । सोही तौल समूहमा नेपाल आर्मी ‘बी’की विमल श्रेष्ठले नेपाल प्रहरी ‘ए’की निशा तामाङलाई ५–० अंकको आधारमा हराइन् । ६० केजी तौल समूहमा बागमतीकी देचेन शेर्पाले एपिएफकी संगीता सुनुवारबाट वाकओभर पाइन् ।

पुरुषतर्फ ५२ केजी तौल समूहमा बागमतीका लक्ष्मण राईले नेपाल आर्मीका प्रेम चौधरीलाई वाकभोभर दिए । सोही तौल समूहमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले एपिएफका प्रदीप महर्जनलाई ४–१ अंकका आधारमा पराजित गरे । ५७ केजी तौल समूहमा एपिएफका पुरन राईले नेपाल आर्मीका इन्द्रबहादुर सुनारलाई ५–० का आधारमा हराए । सोही तौल समूहमा बागमतीका सुरज महर्जनले नेपाल प्रहरी ‘बी’का शम्भु राजवंशीलाई ५–० ले पाखा लगाए । 

See More On

सुझावित समाचार