विराटनगर महानगरपालिकामा माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। गठबन्धनले मेयरमा कांग्रेस र उपमेयरमा जसपालाई भागबन्डा दिएपछि उपेक्षा भएको भन्दै न्यौपानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्। न्यौपाने माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव हुन् ।
गठबन्धन दलमा रहेको कांग्रेसले मोरङमा जिल्ला उपाध्यक्ष नागेश कोइरालालाई मेयर र जनता समाजवादीले महानगर अध्यक्ष रहेका उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।
अप्रत्याशित रूपमा न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि विराटनगर गठबन्धनमा तरंग आएको छ। ०७४ को निर्वाचनमा मधेसी जनअधिकार फोरम र एकीकृत माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार न्यौपानेले ११ हजार पाँच सय २४ प्राप्त गरेर दोस्रो स्थान हासिल गरेकी थिइन् । विराटनगर महानगरमा एमालेले शिल्पा कार्की र राप्रपाले बबिता आचार्यलाई उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ