कांग्रेसको घोषणापत्र : नागरिकलाई ‘कोखदेखि शोकसम्म’ सेवा दिने, अर्थतन्त्रमा विप्रेषणको योगदान १० देखि १५ प्रतिशतले घटाउने (पूर्णपाठ)

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको घोषणापत्रमा हरेक नागरिकलाई गर्भावस्थादेखि मृत्युसम्म सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता छ । त्यसैगरी, नेपालीको औसत आयु ८० वर्ष पुर्याउने पनि कांग्रेसले घोषणा गरेको छ । 

त्यसैगरी वैदेशिक रोजगारीको विकल्प स्वदेशमा नै निर्माण गरेर विप्रेषणलाई २५ बाट १० देखि १५ प्रतिशतले घटाउने घोषणा गरेको छ । ‘वैदेशिक रोजगारीको विकल्प नबन्दा झन्डै तीन करोड जनसंख्या भएको अर्थतन्त्रको तुलनामा विप्रेषणको आकार लगभग २५ प्रतिशत हुनु उल्लेख्य छ । अर्को दश वर्षमा यसलाई १० देखि १५ प्रतिशत बिन्दुले घटाउन महत्वाकांक्षी पहल  लिनेछौँ,’ कांग्रेसले घोषणा गरेको छ ।  

सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जालमा बुहपक्षीय लगानी जुटाएर झन्झटिलो ऐन–नियम तथा प्रक्रियाहरूमा सुधार गर्ने, तुलनात्मक लाभका क्षेत्रहरूलाई प्रतिस्पर्धी बनाउँदै बर्सेनि अधिकतम रोजगारी सिर्जना गर्नेलगायत घोषणा कांग्रेसले गरेको छ । ऊर्जा क्षेत्रका सबै मागहरू जलविद्युत् तथा स्वच्छ ऊर्जाका अन्य स्रोतबाट पूर्ति गर्ने प्रतिबद्धता पनि कांग्रेसले गरेको छ । अवरोधहरू हटाएर सुरक्षा र संरक्षणको प्रत्याभूति गरी वैदेशिक लगानी आकर्षित गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । गैरआवासीय नेपालीको सामूहिक आर्थिक र बौद्धिक सामर्थ्यलाई आकर्षित गर्ने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ । 

नेकपा सरकारको आलोचना 
कांग्रेसले आफ्नो घोषणापत्रमा केपी ओली नेतृत्वको नेकपा सरकारको चर्को आलोचना गरेको छ । ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कांग्रेसले ‘लोकतन्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र’ भनेको छ । 

त्यसैगरी ओली सरकारले पालामा महामारीमा समेत कमिशन र भ्रष्टाचारलाई बढावा दिएको, संघीयताविरोधी एकात्मक र नियन्त्रणकारी रूपमा सरकार चलाएको, संवैधानिक निकायको कम्युनिस्टकरण गरिएको, सांस्कृतिक अधिकार हनन गरी गुठीको जमिन भूमाफियाकरण गरेकोलगायत  कांग्रेसको घोषणापत्रमा उल्लेख छ । 

हेर्नुहाेस् पूर्णपाठ :

सुझावित समाचार