यस्ताे छ काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेनको प्रतिबद्धतापत्र (पूर्णपाठसहित)

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले स्थानीय तह निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। आज मनोनयनपत्र दर्ता गर्नुअघि साहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

शाहले शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन, डिजिटल सरकार, आइडिया बैंक, भ्रष्टाचारविरोधी ब्युरोलगायतका विषयहरू प्रतिबद्धतापत्रमा समेटेका छन्।

प्राविधिक शिक्षामा जोड दिँदै योग, आयुर्वेदजस्ता पौराणिक शिक्षासँग जोड्न कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक परिमार्जन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। प्रारम्भिक बाल्यकाल शिक्षादेखि नै सूचना प्रविधिको परिचय दिने गरी पाठ्यक्रम विकास गर्ने र निजी विद्यालयको गुणस्तर अडिट गर्ने बालेनले प्रतिबद्धता गरेका छन्।

यसैगरी, प्रत्येक वडामा डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरु गर्ने, ७० वर्षमाथिका वृद्धवृद्धाको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, सबै वडा र टोलमा सार्वजनिक शौचालय निर्माण गर्ने, बसस्टपहरूमा फल्चा स्थापना गर्नेलगायतका योजना बालेनले समेटेका छन्।

बालेनले फुटपाथ व्यवसायको समयतालिका निर्धारण गर्ने, सार्वजनिक र महानगरीय यातायातलाई एउटै छातामा ल्याएर शतप्रतिसत विद्युतीय सार्वजनिक यातायात सुरु गर्ने तथा स्थान पत्ता लगाउन सवारीसाधनमा जिपिएस जडान गर्नेलगायत प्रतिबद्धता गरेका छन्।

यस्तो छ बालेनको प्रतिबद्धतापत्र :

सुझावित समाचार