विराटनगर महानगर : १५ वडा अध्यक्षसहित ८१ जना जनप्रतिनिधिको राजीनामा

शनिबार, १० बैशाख, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिकामा शुक्रबारसम्म  १५ जना  वडा अध्यक्षसहित ८१ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार विराटनगमा १, ३, ८र १६ नम्वरका वडा अध्यक्ष बाहेक सबैले शुक्रबारसम्म पदबाट राजीनामा दिइसकेका छन् । 

विराटनगर महानगरका   १९ वडामध्ये ८ वडामा कांग्रेस , ६ वडामा तत्कालिन मधेशी  फोरम – हाल जसपा) ३ वडामा एमाले, एउटा वडामा माओवादी र एउटामा स्वतन्त्रले जित हाँसिल गरेका थिए । अब राजीनामा दिन बाँकी रहेका  ४ वटा वडाका अध्यक्ष सबै कांग्रेसका हुन् । 

टिकट सुनिश्चित नभएकोले आफुहरुले राजीनामा नदिएको तर सुनिश्चित भएपछि राजीनामा दिने १ नं वडा अध्यक्ष उद्धव अर्यालले बताए ।  यता प्रशासन कार्यालय मोरङका अनुसार जिल्लामा प्रहरी, सेना र कोही पनि निजामति कर्मचारीले उम्मेदवार बन्न राजीनामा दिएका छैनन ।   

सुझावित समाचार