ताप्लेजुङमा आगलागीबाट दुई घर जलेर नष्ट

सोमबार, ५ बैशाख, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङ नगरपालिका– ३ का दुई घरमा सोमबार दिउँसो आगलागी हुँदा लाखौँबराबरको क्षति भएको छ। आगलागीमा परी मयामे गुरागाईं भनेर चिनिने बाबुराम गुरागाईं र भगीरथ गुरागाईंको घर जलेर नष्ट भएको छिमेकी हरिप्रसाद घिमिरेले जानकारी दिए।

घरमा मानिस नभएको वेला दिउँसोको समयमा आगलागी भएका कारण बाख्रा, अन्नपात, लत्ताकपडासहित सबै जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एउटा भैँसी भने दाम्लो चुँडाएर बाँचेको बताइएको छ।
 

See More On

सुझावित समाचार