भिरबाट अचानक ढुंगा खसेर गुडिरहेको जिपमा ठोक्किँदा जिपचालकको घटनास्थलमै मृत्यु भएको छ । ढुंगाले लागेर जिप सडकबाट झन्डै एक सय ५० मिटर तल सेती नदीमा खसेको छ ।
बझाङको छबिस पाथीभेरा गाउँपालिकामा आज बिहानै उक्त दुर्घटना भएको हो । छबिस–पाथीभेरा गाउँपालिका– ३ बाहुन डाँडाबाट भाँडेबगर जाने क्रममा छबिस–पाथीभेरा गाउँपालिका– १ मोरीबगरनजिकै से.१ज ६७३ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर छबिस–पाथिभेरा गाउँपालिका- ३ का ५० वर्षीय चालक जयबहादुर सार्कीको मृत्यु भएको छ । घरबाट भाँडेबगर जाने क्रममा मोरीबगरनजिकै जिप दुर्घटना हुँदा सार्कीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर विष्टले जानकारी दिए ।