म्यानको अध्यक्षमा उपेन्द्र पौडेल

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

नेपाल व्यवस्थापन संघ (म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमण नेपाल कार्यसमिति सदस्यमै पराजित भएपछि पौडेल अध्यक्षमा चुनिएका हुन् । म्यानमा पहिला कार्यसमिति सदस्यहरूको निर्वाचन गर्ने र निर्वाचित सदस्यहरूले अध्यक्षसहित पदाधिकारीहरू चयन गर्ने विधानतः व्यवस्था छ । 

म्यानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा पौडेल र नेपाल प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । आइतबार भएको निर्वाचनमा पौडल पक्षधर सदस्यहरू बढी निर्वाचित भएका छन् । बैंकर पौडेल नबिल बैंकका अध्यक्ष हुन् । 

म्यानको कार्यसमिति सदस्यहरूमा व्यक्तिगततर्फ पौडेलसहित मोहनराज ओझा, प्रद्युम्न पोखरेल, कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, अश्मि राणा, मेहकुमारी अधिकारी, मिलन गुरुङ, इन्द्रकुमार श्रेष्ठ, मनीष झा र अनु जोशी श्रेष्ठ निर्वाचित भएको म्यानले जनाएको छ । यस्तै, संस्थापकतर्फ कर्मचारी सञ्चय कोष, शिवम् सिमेन्ट, सनराइज बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक विजयी भएका छन् ।
 

सुझावित समाचार