एक अर्ब बढीको लगानीमा रुपन्देहीको मणिग्राममा एनजी मार्केट

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

रुपन्देहीको मणिग्राममा एक अर्ब बढीको लागतमा एनजी मार्केट खुलेको छ। आई.एन. जी. ए सपिड. कम्प्लेक्स प्रालिले मार्केट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए। 

तिलोतमा नगरपालिका वडा नं ५ राधाकृष्ण टोलमा सञ्चालनमा आएको मार्केट वैशाख १ गतेदेखि औपचारिक सुरु हुनेछ। तीन चरणमा सञ्चालन हुने मार्केटमा पहिलो चरणमा वैशाख १ गतेदेखि घरायसी समानहरू खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सामानहरू रहेको अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए। 

साथै एकैपटक चार सयजनाले सेवा लिन सक्ने रेस्टुरेन्ट पनि सञ्चालनमा आउनेछ। दोसो चरणमा लेडिज तथा जेन्सहरूका लागि आवश्यक बुटिकका सामानहरू, लेजिड एन्ड जेन्स पार्लर, कस्मेटिकलगायतका पसलहरू रहेको मार्केट सञ्चालनमा आउनेछ। यो मार्केट वैशाखको अन्त्यमा सञ्चालनमा आउनेछ। 

तेस्रो चरणमा घर, होटेल, अफिसलगायतका स्थानहरूमा आवश्यक पर्ने फर्निचरका समानहरूको सोरुमको शुभारम्भ गर्ने तयारी रहेको प्रालिका अध्यक्ष नारायण बन्जाडेले बताए। तेस्रो फर्निचर सोरुम सञ्चालनमा आउन थप ३ महिना लाग्ने उनले बताए।

See More On

सुझावित समाचार