दराजको नयाँ वर्ष अभियान घोषणा

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

अग्रणी अनलाइन सपिङ प्लाटफर्म दराजले नयाँ वर्षको प्रवद्र्धनात्मक योजना ‘नयाँ रहर, नयाँ अफर’ घोषणा गरेको छ । २८ चैतदेखि सुरु हुने यस योजनाअन्तर्गत दराजका ग्राहकहरूले पाँच हजारसम्मको भौचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष छुट, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा स्कुटर जित्ने अवसर पाउनेछन् ।

यो अभियानका लागि नेपाल बैंक र दराजबीच सम्झौता भएको छ, जसबाट नेपाल बैंकका कार्डवाहकहरूले डेबिट प्रि–पेमेन्टमा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्ड प्रि–पेमेन्टमा १५ प्रतिशत (अधिकतम १५ सय रुपैयाँ)सम्म छुट पाउने बताइएको छ । 

सानिमा बैंक, इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसिसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकहरूले पनि डेबिट कार्डमा १० प्रतिशत र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट–क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने दराजले जनाएको छ । यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुने बताइएको छ ।

See More On

सुझावित समाचार