ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर, ‘इन्टिलिजेन्ट आरएएन’ को अनावरण गरेको छ। यो आर्किटेक्चर क्यारियरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड ओ एन्ड एम प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको ह्वावेले जनाएको छ।
ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले लन्चमा कसरी मुख्य प्रविधिहरू वायरलेस नेटवर्कहरूमा एडिएनलाई सपोर्ट गर्न आर्किटेक्चरमा समाहित गरिएको थियो भनेर प्रस्ट पारेका छन्।
‘इन्टेलिजेन्सले कोरिलेटिभ डेटा विश्लेषण र प्रभावकारी निर्णय लिने भविष्यवाणीलाई सपोर्ट गरेर वायरलेस नेटवर्कहरूमा धेरै सुधार गर्दछ। यहाँबाट ‘इन्टिलिजेन्ट आरएएन’ आउँछ,’ उनले भने, ‘यसले नेटवर्कहरूलाई शून्य सर्भिस वेटिङ, निरन्तर अनुभव, शून्य नेटवर्क त्रुटि र अप्टिमल अनुभव र ऊर्जा इफिसियन्सी महसुस गर्न सक्षम बनाउँछ। मोबाइल इन्टेलिजेन्ट इन्जिनको प्रयोग गरेर यसले बेस स्टेसन र नेटवर्कहरूबीच डाटा, मोडेल र निर्णयहरू राम्रोसँग समन्वय गर्नेछ, जसले वायरलेस इन्टेलिजेन्सको लागि मार्ग देखाउनेछ।‘
फाइभ जीले वायरलेस बजारमा उपलब्ध व्यक्तिगत, उद्योग र गृह अनुप्रयोगहरूको संख्यामा ठूलो वृद्धि गरेको छ। यी सेवाहरू बढ्दै जाँदा नेटवोर्क परफोर्मान्स आवश्यकताहरू, कभरेज, क्षमता र ल्याटेन्सीको सन्दर्भमा समान रूपमा विविधीकरण हुँदै छन्।
सेलहरूबीचको इन्टर्फेरेन्स, एक मोबाइल नेटवर्कहरूमा लामो समयदेखि रहेको समस्याले निरन्तर अनुभव प्रदान गर्ने अपरेटरहरूको प्रयासलाई पनि वाधा पुऱ्याइरहेको छ र ट्राफिक बढ्दै जाँदा, ऊर्जा खपत पनि बढी हुनेछ। यी चुनौतीहरूको सामना गर्न अपरेटरहरूले सेवाहरू द्रुत रूपमा रोल आउट गर्न इन्टेलिजेन्ट वायरलेस नेटवर्कहरूमा बढ्दो रूपमा निर्भर छन् र अप्टिमल अनुभवहरू सुनिश्चित गर्नको लागि उत्कृष्ट फ्रिक्वेन्सी ब्यान्ड संयोजन प्रयोग भएकाे छ ।
ह्वावेको नयाँ ‘इन्टिलिजेन्ट आरएएन’ ले इन्टेलिजेन्ट एयर इन्टरफेसहरूलाई स्मार्ट ग्रिड, सेडुलिङ शब्दकोश र च्यानल ग्राफहरू जस्ता प्रमुख प्रविधिहरू प्रयोग गर्न अनुमति दिने जनाइएको छ। यी उपकरणहरूसँग तिनीहरूले इन्टेलिजेन्ट तरिकाले एयर इन्टरफेस रिसोर्सेस कन्फिगर गर्न र अप्टिमल प्रयोगकर्ता अनुभव र क्षमता प्राप्त गर्न सक्छन्।