बौद्धनाथ स्तूपामा वातावरणमैत्री लुंगटा

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

२६ मार्चमा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तूपाका पुराना लुंगटालाई विस्थापन गर्दै वातावरणमैत्री लुंगटाको सुरुवात गरेको छ । नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गरिएको बैंकले जनाएको छ ।

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋण सहयोगमा सुरु भएको वातावरणमैत्री लुंगटा उत्पादनलाई प्रोत्साहनसमेत गर्ने र विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउने कार्य आरम्भ गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, विश्व वन्यजन्तु कोष नेपालका देश प्रतिनिधि डा. घनश्याम गुरुङ, सामाजिक अभियन्ता तथा गायिका आनी छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा सो कार्यको शुभारम्भ गरिएको हो । यसै वर्षदेखि सुरु भएको नबिल दिगो बैंकिङअन्तर्गत हरित उद्यम, कृषि, नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहनसमेत गर्दै आएको छ । 

सुझावित समाचार