जितका लागि नेपालले पपुवा न्युगिनीलाई दियो १६९ रनको लक्ष्य

सोमबार, २१ चैत, २०७८
डिजिटल संस्करण
जितका लागि नेपालले पपुवा न्युगिनीलाई दियो १६९ रनको लक्ष्य

फाइल तस्बिर

जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीसमक्ष १६९ रनको लक्ष्य पेस गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार जारी खेलमा नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीको मद्दतबाट निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार पारेको हो । 

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरिले ३८ बलमा ५४ रन बनाएका थिए । मोहम्मद अदिम आलम १६औँ ओभरको अन्तिम बलमा आउट भएपछि क्रिजमा आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ३३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । 

सुझावित समाचार