सोलोमन टापुहरूले बिहीबार बेइजिङसँग एक विस्तृत सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। योसँगै पश्चिमी सहयोगीहरूलाई भने सम्झौताले दक्षिण प्रशान्तमा पहिलो चिनियाँ सैन्य पाइला राख्न मार्गप्रशस्त गर्ने डर छ।
‘सोलोमन टापुहरू र जनवादी गणतन्त्र चीनका अधिकारीहरूले आज दुई देशहरूबीचको द्विपक्षीय सुरक्षा सहयोग फ्रेमवर्कका तत्त्वहरू प्रारम्भ गरेको,’ होनियारामा प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ। रासस/एएफपी