एमालेसँग एक्लै लड्न कसैले सक्दैन : ओली

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि पार्टीले सोच्न नसक्ने ठाेकुवा गरेका छन् । बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा सञ्चालनमा ल्याएको तरकारी पसलको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले आगामाी निर्वाचनमा कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्न नसक्ने ठाेकुवा गरेका हुन् । 

‘अबको नेपालमा एक्लै एमालेसँग लड्न आउने कुरा कुनै पनि पार्टीले नचिताए हुन्छ,’ ओलीले भने, ‘उहाँहरूले गठबन्धन नगरी एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ, गठबन्धन गर्नैपर्छ उहाँहरूले, गठबन्धन गरेरै आउनुपर्छ ।’ 

कार्यक्रममा बोल्दै ओलीले आगामी स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगसँग मिलेर सत्तागठबन्धनले उम्मेदवारी मनोनयनको समय दुई दिन राखेको आरोपसमेत लगाए ।  

सुझावित समाचार