फ्यान्टा एप्पल नेपाली बजारमा

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

कोकाकोला नेपालले नयाँ उत्पादन फ्यान्टा एप्पल नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताले यो क्रिस्प स्पार्कलिङ पेय पदार्थका साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्ने दाबीसहित बजारमा ल्याएको हो । 

नयाँ उत्पादन बजारमा ल्याएसँगै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले फ्यान्टा रमाइलो गर्न मन पराउने मानिसका लागि भए पनि नयाँँ फ्यान्टा एप्पलले दैनिक जीवनमा थोरै भए पनि ताजगी र स्फूर्ति ल्याउन सहयोग गर्ने बताए ।

उनले भने, ‘नेपाली उपभोक्ताले यसलाई मन पराइदिनुहुनेछ भन्नेमा हामी उत्साहित छौँ ।’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताको बदलिँदो स्वाद र रोजाइअनुसार उनीहरूलाई रिफ्रेस रहिरहनका लागि थप विकल्प दिन सधैँ प्रयासरत रहेको बताए ।  फ्यान्टा एप्पल दुई सय ५० एमएल र पाँच सय एमएलको प्याकमा नेपालभर उपलब्ध रहेको जनाइएको छ ।

सुझावित समाचार