केन्द्रीय समिति बैठकअघि नेता पौडेलले बोलाए छुट्टै भेला

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकअघि नेता रामचन्द्र पौडेलले भेला राखेका छन्। बैठकअघि निर्वाचनमा गठबन्धनलगाायतका विषयमा छलफल गर्न र सोसम्बन्धी पार्टीका नेताहरूको राय लिनका लागि नेता पौडेलले आफ्नो निवास बोहराटारमा भेला राखेका हुन् । 

बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र अन्य नेताहरू सहभागी छन्। बैठकमा पूर्वमहामन्त्री शशांक कोइराला, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलगाायतका नेताहरू उपस्थित छन् । शुक्रबार दिउँसो ३ बजे कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । 

सुझावित समाचार