भक्तपुरको लोकन्थलीमा बुधबार बिहान साढे ९ बजे मोटरसाइकल र शववाहन ठोक्किँदा मोटरसाइकलमा आगलागी भएको छ। मनोहरातर्फबाट आउँदै गरेको बा.५२प ५३८५ नम्बरको मोटरसाइकल र धुलिखेलतर्फबाट शव लिएर आउँदै गरेको प्रदेश ३–०१–०२३ च २३५६ नम्बरको शववाहान भ्यान ठोक्किएका हुन्।
शववाहन सिन्धुपाल्चोकबाट शव लिएर पशुपति जाँदै गरेको थियो। ट्राफिकजामका कारण दुवैतर्फका सवारीसाधनको गति भने सीमित थियो। सामान्य रूपमा ठक्कर खाए पनि मोटरसाइकल भने जलेको छ। मोटरसाइकलचालक ओखलढुंगाका भेषकुमार श्रेष्ठ सामान्य घाइते रहेको महानगरीय ट्राफिक प्रहरीका महाशाखाका प्रवक्ता सञ्जीव दास शर्माले बताए।
उनका अनुसार मोटरसाइकल शववाहन भ्यानमा ठोक्किएपछि अचानक आगलागी भएको हो। मोटरसाइकलमा तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।