राजर्षि जनक कप : अन्तिम क्वार्टरफाइनल खेलमा मच्छिन्द्र र क्यामरुन भिड्दै

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

छैटाैँ राजर्षि जनक कपअन्तर्गतको क्वार्टरफाइन खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रबीच प्रतिस्पर्धा हुँदै छ। 

बुधबार बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने अन्तिम क्वार्टरफाइनल खेलमा दुई टोली भिड्न लागेका हुन्। आज उपाधि होडका लागि दुवै टोली खेल जित्नैपर्ने दबाबमा रहनेछन्। 

यस क्वार्टरफाइनल खेलका लागि मच्छिन्द्रले एक खेल बाई पाएर सीधै स्थान सुरक्षित गरेको थियो भने पाहुना टोली क्यामरुनले सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै मच्छिन्द्रसगँको भेट पक्का गरेको हो।

यस खेलको विजेताले चैत ११ गते हुने प्रतियोगिताको सेमिफाइनल खेलमा सुदूरपश्चिम– ११, धनगढीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यसैबीच सेमिफाइनल खेलका लागि यसअघि नै डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटौँडा, सुदूरपश्चिम–११, धनगढी, आयोजक बागमती युवा क्लबले अन्तिम चारको यात्रा तय गरिसकेका छन्।

चैत १३  गते फाइनल हुने खेलका विजेताले राजर्षि जनक कप १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय, सिल्ड र मेडल प्राप्त गर्नेछन्।
 

See More On

सुझावित समाचार