सालिमार सिमेन्टले भिआरएम प्रविधिद्वारा ४३ र ५३ ग्रेडको सिमेन्टको उत्पादन तथा वितरण गर्ने अनुमति पाएको छ । कम्पनीले ओपिसी, पिपिसी र पिएससी गरी वार्षिक एक करोड बोरा उत्पादन गर्दै आइरहेकोमा ४३ र ५३ ग्रेडको गुणस्तर पाएपश्चात् उत्पादन क्षमतामा वृद्घि गर्ने लक्ष्य लिएको छ ।
उच्च गुणस्तर क्लिंकरको प्रयोगद्वारा उत्पादन हुने सालिमार सिमेन्टले ग्राहकको विश्वास जित्न सफल हुने कम्पनीले अपेक्षा व्यक्त गरेको छ । कम्पनीको कारखाना बारा, पर्साको औद्योगिक नगरी गढीमाई नगरपालिका, पिपरा, सिमरामा रहेको छ ।