नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार भवानीश्वर गौतम सम्मानित भएका छन । आफ्नै जन्मगाउँ बाग्लुङको गलकोट नगरपालिका– ८ काँडेबासले गौतमलाई सम्मान गरेको हो ।
गौतमलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेणुका काउचा र वडाध्यक्ष रामप्रसाद कँडेलले सम्मान गरेका हुन् । काँडेबासमा जन्मिएर नेपाली पत्रकारिता क्षेत्रमा ठूलो योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिए ।
गौतमसँगै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टीकाराम गौतमलाई पनि सम्मान गरिएको छ । वडा कार्यालयले यस क्षेत्रमा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको हो ।