रहेनन् परराष्ट्र र सुरक्षा मामिलाका अध्येता ध्रुवकुमार

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

परराष्ट्र, रक्षा र रणनीतिक मामिलाका अध्येता  ध्रुवकुमारको ७३ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि मिर्गौलाको समस्याले थलिएका उनको उपचारकै क्रममा बुधबार राति ग्राण्डी अस्पतालमा निधन भएको हो । 

त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)का अवकाशप्राप्त प्राध्यापक उनी चीन, भारतलगायत मुलुकका भूराजनीति तथा सुरक्षा मामिलामा तथ्यसहित सूक्ष्म विश्लेषण गर्न अब्बल थिए । 

उनले माओ एन्ड चाइनिज फरेन पोलिसी पर्स्पेक्टिभ (१९८९), इलेक्टोरल भाइलेन्स एन्ड भोलाटिलिटी इन नेपाल (२०१०), सोसल इन्क्लुजन, ह्युमन डेभलपमेन्ट एन्ड नेसन बिल्डिङ इन नेपाल (२०१३) लगायत पुस्तक लेखेका छन् । 

समसामयिक विषयमा  ध्रुवकुमारले सम्पादन गरेका सिनासका धेरै जर्नल अहिले पनि पढ्न पाइन्छ । त्यहाँ उनी अनुभवी सम्पादकका रूपमा चर्चित थिए । सिनासबाट प्रकाशित स्टेट लिडरसिप एन्ड पोलिटिक्स, नेपाल–इन्डिया पोलिसीलगायत पुस्तक उनले सम्पादन गरेका हुन् । 

सुझावित समाचार