१५ दिने जनपरिचालन अभियान सञ्चालन गर्ने एकीकृत समाजवादीको निर्णय

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीले १५ दिने निर्वाचन परिचालन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नारा तय गरिएको उनले बताए ।

यस्तै सबे प्रदेशको कामको अनुगमन, मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एकजना सचिवालय सदस्य जिम्मेवारी दिएको छ ।

खतिवडाका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ। 

सुझावित समाचार