क्रिकेटर खड्का प्रिमियर स्टिलको ब्रान्ड एम्बेस्डर

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

प्रिमियर स्टिलले क्रिकेटर पारस खड्कालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । कम्पनीले आफ्ना  उत्पादनका सबै नयाँ दायराका उत्पादनको प्रवद्र्धन अभियानका लागि खड्कालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

नेपालमा स्टिल उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीमध्ये प्रिमियर स्टिल पनि रहेको कम्पनीको दाबी छ । गुणस्तरीय उत्पादनको लक्ष्य लिएर कम्पनीले देशभर पाँच सयवटा रिटेल आउटलेट खोलेको जनाएको छ । 

खड्कासँगको रणनीतिक साझेदारीले प्रिमियर स्टिल नेपालको प्रख्यात खेल–व्यक्तित्वसँग व्यावसायिक र कर्पोरेट साझेदारी विस्तार गर्न उत्साहित भएको जनाइएको छ ।

सुझावित समाचार