एनसेलको फागु पूर्णिमा अफर

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसर पारेर मोबाइल डेटामा नयाँ प्याकहरू ल्याएको छ । कम्पनीले नयाँ प्याक ल्याउनुका साथै दैनिक जिबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकमा पनि भोलुम बढाएको छ । ग्राहकले अब एक सय २९ रुपैयाँमा सात जिबी अलटाइम डेटा प्याकको फाइदा लिँदै सात दिनसम्म प्रतिदिन एक जिबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, १४ जिबी अलटाइम डेटा प्याक एक सय ९९ रुपैयाँमा लिएर सात दिनसम्म दैनिक दुई जिबी डेटा प्रयोग गर्न सक्ने जनाइएको छ । 

दैनिक जिबी डेटा प्याकबाहेक कम्पनीले पहिला नै सञ्चालनमा रहेका डेटा प्याकमा डेटा भोलुम बढाएको जनाएको छ । यसअन्तर्गत ग्राहकले पहिलेकै मूल्यमा थप भोलुमसहितको डेटा प्याकबाट फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । भोलुम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले एक सय ६९ रुपैयाँमा १०.५ जिबी डेटा खरिद गरी दैनिक १.५ जिबी डेटा सात दिनसम्म प्रयोग गर्न सक्ने जनाइएको छ । पहिला यही शुल्कमा ग्राहकले दैनिक एक जिबीका दरले सात दिनसम्म कुल सात जिबी पाइरहेका थिए ।

अलि धेरै डेटा भोलुम चाहिने ग्राहकले दुई सय ६९ रुपैयाँमा २१ जिबी डेटा हरेक दिन तीन जिबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्ने जनाइएको छ । त्यसैगरी पाँच सय ९९ रुपैयाँमा ४२ जिबी डेटाको फाइदा लिन सक्ने र यसअन्तर्गत ग्राहकले हरेक दिन २८ दिनसम्म १.५ जिबी डेटा प्रयोग गर्न सक्ने जनाइएको छ । 

See More On

सुझावित समाचार