कांग्रेस बाराको सभापतिमा यादव विजयी

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी भएका छन्। सभापति चयनका लागि दोस्रोपटक भएको मतदानबाट यादव विजयी भएका हुन्।

यादवले एक हजार  दुई सय ६ मत ल्याउँदा अर्का उम्मेदवार शम्भुबहादुर बुढाथोकीले एक हजार एक सय ५४ मत ल्याए। गत बुधबार पहिलो चरणमा भएको निर्वाचनमा तीन उम्मेदवार थिए। तीनमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका उम्मेदवारबीच पुनः आइतबार मतदान भएको हो।

पटकपटक स्थगित हुँदै आइतबार दोस्रो चरणमा भएको मतदानबाट कलैया उपमहानगरका मेयरसमेत रहेका यादव  विजयी भएका हुन्।

सुझावित समाचार