भक्तपुरमा बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीनवटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो। बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन्।
ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो। प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सबटाइप एफ फाइभ एफ वान भाइरस देखापरेको हो। जिल्लामा बर्डफ्लू भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्डफ्लू भेटिएका फार्मका पक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ।
समितिले सूर्यविनायक–१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्यांकी जाने बाटोको चार किलाभित्रको पक्षी तथा पक्षीजन्य वस्तुहरू दाना, सुली, अन्डालगायत वस्तुहरू नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।
समितिले भक्तपुरलगायत काठमाडौं उपत्यका भित्रिने नाकाका साथै स्थानीयस्तरमा पनि पशु सेवाविज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहको सहकार्य र समन्वयमा पक्षी, पक्षीजन्य वस्तुहरू ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको सहायक प्रजिअ शर्माले बताए। रासस
भक्तपुरमा बर्डफ्लू भेटियो
सुझावित समाचार
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…
संयुक्त राष्ट्रसंघका एआई विज्ञ नेपालमा
काठमाडौं । संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्…
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
काठमाडौं/ सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि असन्तुष्ट बनेका …
आजका मुख्य १० खबर
एक वर्ष अवधि नपुगी प्रहरी नेतृत्वबाट हटाइए कार्की सरकारसँगको टकराव र अनेक विवादमा मुछिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्क…
मीनेन्द्र रिजाल कसरी तानिए रिजाल क्यानिङ कम्पनीको जग्गा भ्रष्टाचारमा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्रकुमार रिजाल ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा संघीय मामिला, संविध…
भक्तपुर मालपोतका नासुसँग साढे नौ करोड अकुत सम्पत्ति, भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति श…