पुर्ख्यौली पेसा लोप भएपछि जीवन धान्न मुस्किल

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

गौमुखी गाउँपालिका–४ बाग्लीवाङका ७४ वर्षीय डम्बरबहादुर सुनारलाई राप्ती र लुम्बिनीका जिल्ला घुमेको ताजै लाग्छ । उनी बाँसको चोयाबाट बुनेका सामग्रीहरू कहिले समूहमा त कहिले एक्लै डुलेर बिक्री गर्थे । बाजे–बाबु हुँदै आफूसम्म सीप सिकेर चोयाचित्रोका काम गर्दा धेरै सन्तुष्टि मिलेको सुनारले सुनाए । तर, एक वर्षदेखि उनले सो काम छाडेर सामान्य खेतीपातीमा गुजारा गर्न थालेका छन् । 

गौमुखी गाउँपालिका–४ बगालेका ७५ वर्षीय गोकर्णबहादुर सुनार पनि सीप लोप हुन लागेको बताउँछन् । पुख्र्यौली पेसासँगै गाउँको उत्पादन बिक्री गरी परिवार पाल्दै आएका उनले अहिले भने उक्त काम छाडिसकेका छन् । ‘पुख्र्यौली पेसाले गुजारा चलाउन मुस्किल परेपछि काम छोड्यौँ,’ उनले भने । डम्बर र गोकर्णजस्तै दर्जनौँ किसान गाउँमा चोयाचित्रोको कामबाट विस्थापित भइसकेका छन् । गाउँका युवा पुस्ता बिदेसिन थालेपछि पुर्ख्यौली पेसा लोप हुने अवस्थामा छ । ‘पुर्ख्यौली सीपले परिवार पाल्थ्यौँ । विदेशबाट पैसा पठाइदिएपछि त्यही पैसाले किनेर खान्छौँ,’ डम्बरले भने । 

गाउँमा बुनिने डोको, मान्द्रो, फुर्लङ (फुँगो), डालो, ठोम्ले (थुन्से)लगायतका वस्तुहरू चोयाबाट बनाइन्थ्यो । ‘बनाइएका सामग्रीहरू बिक्रीका लागि प्युठानका विभिन्न गाउँ, रोल्पा, दाङ, अर्घाखाँची, गुल्मी र बाग्लुङसम्म पुगेर बिक्री गथ्र्याैँ,’ गोकर्णले भने । 

वनमा छैनन् चोया, गाउँमा छैनन् युवा
गौमुखीको वनमा पाइने चोया पछिल्लो समय लोप भएको छ । बाग्लीवाङको जंगलमा रहेको चोया लोप हुँदा गाउँमै रहेकाहरूसमेत काम गर्न नसकेको गौमुखी गाउँपालिका–४ बाग्लीवाङका ६० वर्षीय कोकमान सुनारले गुनासो गरे । 

सुझावित समाचार