बाजुरामा ब्याडमिन्टन प्रतियोगिता सुरु

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

बाजुराको सदरमुकाम मार्तडीमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले आइतबार परेकाे स्वास्थ्य सेवा दिवसको अवसरमा बुधबारदेखि प्रतियाेगिता आयोजना गरेकाे हो।

‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियानसहित ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खुला डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकाे कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए। प्रतियोगितामा पुरुषतर्फ १६ टिम र महिलातर्फ ११ टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले गरेका हुन्।

सुझावित समाचार