एमसिसीमा ओलीले बदलाको भावना राखेका थिए : अध्यक्ष नेपाल

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले एमसिसीमा बदलाको भावना राखेको आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ओली यथास्थितिमा एमसिसी पारित गर्ने पक्षमा रहेको भन्दै सभामुखलाई हटाउनेलगायतका बदलाको भाव राखेको बताएका हुन्। 

‘एमसिसीलाई लिएर हामीले दशथरी नारा लगाएनौँ। सडकमा आएनौँ। सम्बन्धित ठाउँमा कुरा उठायौँ। हाम्रो स्पष्ट धारणा थियो यथास्थितिमा पारित हुनुहुँदैन भन्ने,’ उनले भने, ‘केपी ओलीले यथास्थितिमा एमसिसी पारित गराउन खोजेका थिए। उनले एमसिसीमा बदलाको भावना राखेका थिए।’

एमसिसीबारे आफूहरूले भ्रम नछरेको भन्दै अध्यक्ष नेपालले परिस्थितिले एमसिसीबारे भ्रम फैलिएको बताए। उनले संसद्को गरिमा राख्ने सभामुखको गरिमा राख्न आफूहरू उनको पक्षमा उभिने स्पष्ट पारे।

सुझावित समाचार