एमसिसी पारित गरे ‘पान्डोराज बक्स’ खोलेजस्तो हुन्छ : प्रेम सुवाल (भिडियोसहित)

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसिसी सम्झौता पारित गरिए पान्डोराज बक्स खोलेजस्तो हुने बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा सुवालले यस्तो टिप्पणी गरेका हुन्।

‘अमेरिकाजस्तो शक्तिराष्ट्रको कुरा नमान्दा गद्दाफी र सद्धाम हुसेनको हालत हुन्छ भनेर नतमस्तक हुनु आवश्यक छैन। अमेरिकाको आज्ञापालन बन्नु आवश्यक छैन। एमसिसी पारित गरिए पान्डोराज बक्स खोलेजस्तो हुनेछ,’ सांसद सुवालले भने।

एमसिसी आर्थिक उन्नति र गरिबी निवारणसँग सम्बन्धित छ भन्नु झुट रहेको भन्दै उनले यसलाई अमेरिकाको नवउपनिवेशवादी रणनीति रहेको बताए। सुवालले भने, ‘एमसिसीमा आर्थिक उन्नति र गरिबी निवारण झुटो हो। यो अमेरिकाको नवउपनिवेशवादी रणनीती हो। प्रधानमन्त्रीले सित्तैमा आएको किन नलिने भन्नुभयो ? सित्तैमा आएको विष पिए के होला ? मृत्यु हुन्छ।’

एमसिसी अमेरिकी सैन्य रणनीति हो भन्ने स्पष्ट रूपमा आइनसके पनि गुलियो पोतिएको विषमा कोही पनि पर्न नहुने उनले टिप्पणी गरे।

सुझावित समाचार