बेलायती विमानलाई रुसको आकाशमा प्रतिबन्ध

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

रुसले बेलायतबाट हुने सबै उडानहरूलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको जवाफमा बेलायतले रुसी ध्वजाबाहक ‘एरोफ्लोट’लाई बेलायती आकाशमा प्रतिबन्ध लगाएपछि रुसले यस्तो घोषणा गरेको हो । 

‘बेलायतसँग सम्बन्धित संस्थामा दर्ता गरिएका, स्वामित्व लिइएका, भाडामा लिइएका वा सञ्चालन गरिएका विमानहरूलाई रुसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणले भनेको छ । ‘बेलायती उड्डयन अधिकारीहरूको असहयोग गर्ने निर्णय’को प्रतिक्रियास्वरूप उक्त प्रतिबन्ध लगाइएको रुसी प्राधिकरणले बताएको छ । 

सुझावित समाचार