सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र प्रतिपक्ष नेकपा (एमाले)का शीर्ष नेताहरूबीच भेटवार्ता सकिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मालगायतका नेताहरूबीच छलफल भएको थियो।
नेताहरूबीच अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा छलफल भएको थियो। सत्तागठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसीको विपक्षमा देखिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग निरन्तर छलफल गरिरहेका छन्।
प्रधानमन्त्री देउवाले पुन: आज साँझ ७ बजे एमाले नेताहरूसँग छलफल गर्ने गरी बानेश्वरको बैठक सकिएको छ। छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सहभागी थिए।