बजार पुँजीकरणका आधारमा तीन वर्षयता सेयर बजारमा जलविद्युुत् समूूहको हिस्सा उच्चदरमा बढेको छ । सूचीकृत समूूहहरूमध्ये जलविद्युत् समूह तेस्रो ठूलो समूह बनेको छ । सबैभन्दा अग्रस्थानमा रहेको वाणिज्य बैंकको सेयर हिस्सा घट्दै गइरहेको छ भने बिमा, जलविद्युत् र माइक्रो फाइनान्स समूूहको सेयर हिस्सा बढ्न थालेको छ । तीन वर्षअघिसम्म जलविद्युत्को बजार हिस्सा ६ दशमलव ३ प्रतिशत रहेको थियो । अहिले पुुसमध्यसम्म आइपुुग्दा १० दशमलव ६ प्रतिशत पुगेको छ भने कुुल पुुँजीकरण चार सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसअघि कुुल पुुँजीकरण एक खर्बभन्दा धेरै रहेकोमा हाल चार खर्ब ८२ अर्ब रुपैयाँ पुुगेको छ ।
पछिल्लो समय लगानीकर्ता जोखिम मोलेर भए पनि जलविद्युत्, बिमालगायतका कम्पनीहरूमा आकर्षित भएको ब्रोकर दिनेश शर्मा बिडारी बताउँछन् । ‘सेयर बजारको सुरुवाती दिनहरूमा जोखिम हुने डरले बैंक क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको संख्या घटेर अहिले छिटो नाफा कमाउने कम्पनीहरू रोज्न थालेका छन् । सोही कारण जलविद्युत्लगायतका कम्पनीहरू लगानीकर्ताको रोजाइमा पर्न थालेका हुन्,’ शर्माले भने ।
चार वर्षअगाडि बजारमा ३२ जलविद्युत् कम्पनी रहेकोमा हाल ४६ पुगेका छन्, थप २० कम्पनीले पाँच करोड आठ लाख कित्ता निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन्
तीन वर्षअघि वाणिज्य बैंकको सेयर हिस्सा बजारमा ५१ दशमलव ७ प्रतिशत रहेकोमा अहिले ३५ प्रतिशतमा रहेको छ । यो समूहको कुल बजार पुँजीकरण तीन वर्षमा आठ खर्ब ३३ अर्बबाट बढेर १४ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ पुुगेको छ । बैंकिङ समूहको बजार पुुँजीकरण बढेको भए पनि बजार हिस्सा घटेको छ । यसरी बजार हिस्सा घट्नुमा यो समूहका कम्पनीहरूको मूल्यमा आएको गिरावटका साथै अन्य समूहहरूका कम्पनीको संख्या थपिनु र मूल्य महँगिनु पनि हो ।
बजारमा जलविद्युत् कम्पनीहरूको संख्यामा पनि उच्चदरमा वृद्धि भएको छ । चार वर्षअगाडि बजारमा ३२ वटा संख्यामा जलविद्युत् कम्पनी रहेकोमा हाल ४६ पुगेको छ । अहिले पनि प्राथमिक सेयर निष्कासनकै लागि पर्खाइमा रहेका कम्पनीहरूमा जलविद्युुत् क्षेत्रकै वर्चस्व छ । हाल २० वटा कम्पनीले कुल पाँच अर्ब आठ करोड मूूल्यबराबरको पाँच करोड आठ लाख कित्ता निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । धितोपत्र बोर्डको प्रारम्भिक समीक्षाअन्तर्गत १० वटा हाइड्रोपावर कम्पनीहरूले सेयर निष्कासनका लागि स्वीकृत मागेका छन् । प्रारम्भिक समीक्षाअन्तर्गत कुल दुई अर्ब ४० करोड १७ लाखबराबरको दुई करोड ४० लाख १७ हजार कित्ता सेयर निष्कासन हुन लागेको हो ।