भारतको भुक्तानी सेवाप्रदायकबाट नेपालमा रकमान्तर गर्न सकिने

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

यस गेट्वे पेमेन्ट सर्भिस प्रालिले युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतको एनपिसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । अब भारतबाट विभिन्न भुक्तानी सेवाप्रदायक (जस्तै : पेटिएम, गुगलपे, फोनपे आदि) मार्फत नेपालको कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सकिने भएको छ ।

साथै, भारतीयहरू नेपाल आउँदा क्युआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने र नेपालीहरूले पनि भारतमा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । प्रारम्भिक चरणमा तीन महिनाभित्र सो सेवाहरू सुचारु हुने र एनपिसिआईले भारतमा सञ्चालन गरिरहेका सम्पूर्ण सेवाहरू पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने जनाएको छ ।
 

See More On

सुझावित समाचार